सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्वतन्त्रता गुमाएर ओलीसँग सहमति, प्रचण्डकाे रहर कि बाध्यता ?

स्वतन्त्रता गुमाएर ओलीसँग सहमति, प्रचण्डकाे रहर कि बाध्यता ?

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 4.4K
    SHARES

  • स्वतन्त्रता गुमाएर ओलीसँग सहमति, प्रचण्डकाे रहर कि बाध्यता ?

    काठमाडौं- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा छलफल भएको छ । करिब दुई घण्टा लामो छलफलमा दुई अध्यक्षबीच पार्टीको जिम्मेवारी बाँडफाँड एवं २६ गते बस्ने स्थायी कमिटि बैठकको एजेण्डाका विषयमा समेत सहमती भएको छ ।

    पार्टीमा आफ्नो स्थानका विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड, पछिल्ला समय ओलीसँग असन्तुष्ट रहिआएका थिए । तर, कार्यदल नै गठन गरेर दुई अध्यक्षबीच लगभग सहमतिको वातावरण सिर्जना भइसकेको छ ।

    बुधबारको छलफलमा ओली र प्रचण्डको पार्टीमा रहने भुमिका समेत छुट्टिइसकेको छ । अब, प्रधानमन्त्री ओली सरकारको काममा मात्रै केन्द्रित हुनेछन्। यस्तै कार्यकारी अध्यक्ष प्रचण्ड भने पार्टी सञ्चालनमा केन्द्रित हुनेछन्।

    स्रोतका अनुसार दुवै अध्यक्ष आजको यो निर्णयमा सहमत रहेका छन् । तर, ओलीले पार्टी सञ्चालनका विषयमा प्रचण्डलाई स्वोतन्त्र भने छोडेका छैनन् । बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षबीचको सहमतिमा पार्टी सञ्चालनमा महासचिव विष्णु पौडेललाई पनि भूमिका दिइएको छ।

    अर्थात पार्टी सञ्चालनका विषयमा प्रचण्डले विष्णु पौडेलसँग परामर्श लिनुपर्ने भएको छ । ओलीका निकै निकट एवं प्रिय मानिने महासचिव पौडेल पार्टी सञ्चालनका लागि प्रचण्डको स्वोतन्त्रताका बाधकका रुपमा देखिएका छन् ।

    यसबाट ओलीले पार्टी सञ्चालनको भुमिकामा समेत अप्रत्यक्ष रुपमा रोल प्ले गर्न सक्ने बाटो राखेर सहमति भएको स्रोतको दाबी छ ।  प्रचण्डले ओलीसँगको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने छन्।

    यसबाट प्रचण्ड पार्टीको आधा जिम्मेवारीमा समेत पूर्णरुपमा स्वतन्त्र नभएरै सहमतिमा पुगेको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend