काठमाडौं- बुधबार नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब २ घण्टा छलफल भएको छ । दुई अध्यक्षले छलफलपछि स्थायी कमिटीको बैठकको एजेण्डा तय गरेका छन्।
गत, बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो। पार्टीको विवाद उत्कर्षमा पुगेको बेला महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भएको थियो।
कार्यदलले भदौ ५ गते १७ पन्ने प्रतिवेदन पेश गरिसकेको छ। प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, सरकार र पार्टी नेतृत्वको समीक्षा, भारसँगको सीमा विवाद, कोरोना भाइरस, अमेरिकी परियोजना एमसिसी, पार्टी एकताको बाँकी काम, एकता महाधिवेशन लगायत बिषयबस्तु समावेश छ।
तर, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे भने प्रतिवेदनमाथि असन्तुष्टि छ । ओली(दाहाल छलफलपछि कार्यदलको प्रतिवेदनमाथि केही संशोधन गरिएको बुझिएको छ। कोरोनाको महामारीबीचमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक एकैदिनमा सक्ने समेत सहमति भएको स्रोतको दाबी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।