काठमाडौं - बुधबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।