बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्री, मन्त्रीलगायतको तलब काटेर विपन्नलाई खाना दिन काँग्रेस सांसदले चाले कदम

प्रधानमन्त्री, मन्त्रीलगायतको तलब काटेर विपन्नलाई खाना दिन काँग्रेस सांसदले चाले कदम

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.8K
    SHARES

  • प्रधानमन्त्री, मन्त्रीलगायतको तलब काटेर विपन्नलाई खाना दिन काँग्रेस सांसदले चाले कदम

    काठमाडौं-  नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खानाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    छाया सरकारका रक्षामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनधिसभातर्फ निर्वाचित सांसद प्रधानले काठमाडौंका सडकमा भोकभोकै परेकालाई खानाको व्यवस्था गर्न माग गरेका हुन । 

    मंगलबार काठमाडौंबाट निर्वाचित सांसदहरुको तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस सांसद प्रधानले यस्तो माग राखेका छन् । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुको प्रतिनिधि मण्डलको टोलीले २६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

    ‘कोरोना महामारीका कारण सबै क्षेत्र बन्द छ, दिनभर मजदुरी गरेर कमाएर परिवार पाल्नेहरुलाई यो महामारीको पीडा अन्यलाई भन्दा बढी छ, सडकमा कैयौं व्यक्ति भोकै छन, निषेधाज्ञा बढाउँने हो भने उनीहरुलाई खानाको व्यवस्था गर्न अब प्रधानमन्त्री देखि मन्त्री र हामी सांसदको समेत तलब भत्ता कटौती गरेर भएपनि खानाको व्यवस्था गरौं,’ उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सांसद प्रधानले भने । 

    ज्ञापनपत्र बुझाउन प्रधानको नेतृत्वमा प्रतिनिधि सभा सांसदहरु शशि श्रेष्ठ, बिन्दा पाण्डे, राजेन्द्र केसी सहितको टोली रक्षामन्त्रालय गएका थिए । ज्ञापनपत्रमा २०७६र०७७ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित गरिएको बाँकी रकम र २०७७ र०७८ को विनियोजित रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न माग गरिएको छ । 

    यसैगरी संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका कर्मचारीहरुलाई सरकारले निणर्य गरेको भत्ता सुविधा यथासिघ्र उपलब्ध गराउन, कोभिड र नन कोभिड अस्पताल छुट्टाछुट्टै रुपमा तोकेर अन्य रोगका बिरामीहरुलाई समेत उपचारमा सहज वातावरण सृजना गर्न माग गरिएको छ ।

    त्यस्तै भृकुटी मण्डपको एक्सपो हल, महाँकाल स्थित सेनाको त्रिचन्द्र अस्पताल, वीर अस्पतालको नव निर्मित भवन, दरबार हाइ स्कुलको नवनिर्मित भवन, त्यस्तै १० वटै निर्वाचन क्षेत्रका उपर्युक्त आवासीय स्कुल भवन छनोट गरी आइसोलेसन केन्द्र बनाउन समेत ज्ञापन पत्रमा उल्लेख छ ।

     यस्तै पिसिआर प्रविधिबाट हुने परिक्षण सर्वोच्च अदालतको आदेश अनुसार नै निशुल्क गर्न, हटस्पटहरुमा सेरोलोजिक टेष्ट बढाउन, मोवाइल टेष्टीङको व्यवस्था गर्न, स्वाब टेस्टको रिपोर्ट २४ घण्टामा नै दिने व्यवस्था मिलाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

    लकडाउन तथा निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्व अघि मात्र आवश्यकता अनुसार कायम राख्न, तर नाकाबाट हुने आवतजावतलाई कडाइ गर्न र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउँनलगायतका माग ज्ञापनपत्रमा छ ।

    ज्ञापनपत्रमा प्रतिनिधि सभा तर्फ काठमाडौंबाट निर्वाचित सांसदहरु गगन थापा, जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, दिव्यमणीराज भण्डारी, अञ्जना बिसंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ सहित ११ सांसदले हस्ताक्षर गरका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend