आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब, सबै कम्पनीका सीमको ब्यालेन्स चेक, ट्रान्सफर कोड एउटै !

अब, सबै कम्पनीका सीमको ब्यालेन्स चेक, ट्रान्सफर कोड एउटै !

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 4.9K
    SHARES

  • अब, सबै कम्पनीका सीमको ब्यालेन्स चेक, ट्रान्सफर कोड एउटै  !

    काठमाडौं- अब, नेपाल टेलिकम, एनसेल, स्मार्टसेललगायतका सबै सीम कार्डमा ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड एउटै हुने भएको छ ।

    प्रत्येक सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएकोमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

    यसअघि नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो । नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो ।

    स्मार्ट सेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो ।

    नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ । अब, ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने छ ।

    प्रयोगकर्ताको सहजताको लागि भन्दै प्राधिकरणले यतो खालको प्रावधान राखेका जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend