काठमाडाैं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २४ गतेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा नहुँने संकेत गरेका छन् । नेकपाको स्थायी कमिटी बैठक २६ गते राख्न नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिले यस्तो संकेत गराएको हो ।
डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक निषेधाज्ञा सकिएपछि मात्र हुने नेकपाको निर्णय थियो । तर, अहिले निषेधाज्ञाकै बीच सोमबार (आज) नेकपाका दुई अध्यक्षले स्थायी कमिटि बैठकको मिति भदौ २६ गते तोकेका छन् ।
यसबाट, २४ गतेपछि निषेधाज्ञाको स्वरुप परिवर्नत हुने या निषेधाज्ञा नै नहुँने संकेत ओलीले गरेको स्पष्ट हुन्छ । तेस्रो हप्तामा चलिरहेको निषेधाज्ञा २४ गतेसम्म रहने र त्यसपछि स्वरुप परिवर्त हुनसक्ने सम्भावना रहेको छ ।
निषेधाज्ञा जारी रहँदा समेत कोरोना संक्रमितको संख्या घटेको छैन् । यसले व्यापारी एवं श्रमिकहरुलाई मारमा पारेको छ । व्यावसायीहरुले समेत निषेधाज्ञा खुलाउन दबाब दिइरहेका बेला ओलीले निषेधाज्ञा नहुँने संकेत गरेका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले केही अगुवा व्यवसायीहरूसँग बालुवाटारमा छलफल गर्दै अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने समेत बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।