सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

 अनियमितता र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसको सांकेतिक विरोध प्रदर्शन

 अनियमितता र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसको सांकेतिक विरोध प्रदर्शन

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 5.4K
    SHARES

  •  अनियमितता र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसको सांकेतिक विरोध प्रदर्शन

    कंचनपुर - शुक्लाफाँटा नगरपालिकाको ध्यानाकर्षण गर्न नेपाली कांग्रेसले झलारिमा मौन विरोध र्यालि प्रदर्शन गरेको छ।

    नेपाली कांग्रेस शुक्लाफाँटा द्वारा गठित नगर स्तरिय अनुगमन समितिले सुशासन पारदर्शिता सुचनाको हक जनताले पाउनुपर्ने माग राखि मौन प्रदर्शन गरेको हो।

    शुक्लाफाँटामा कोरोना नियन्त्रणका लागि क्वारेन्टाइनमा भएको खर्चको विवरण, छाडा पशु चौपाया व्यवस्थापनमा भएको खर्चको हिसाब,नगरशिक्षा समितिका अवैधानिक कार्य खारेजीको माग र वडा नं ७ को वडा कार्यालयमा भएको आगजनीको सत्य तथ्य छानवीनको माग गर्दै उनिहरू आन्दोलनमा उत्रिएका हुन्।

    आईतवार झलारि वजारको खुलामञ्च देखि झलारि वजारहुदै हात हातमा प्लेकार्ड लिई मौन प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा कोण सभाको आयोजना गरेका हुन्।

    नगरपालिकामा भईरहेका नितिगत भ्रष्टाचार संगै निति विधि पद्धति मिचेर भईरहेका गतिविधि तत्तकाल रेकिनु पर्ने माग गरेर अनुगमन समितिले पटकपटक माग गर्दा पनि कुनै सुनुवाइ नभएकाले मौन प्रदर्शन गर्नु परेको नगर स्तरिय अनुगमन समितिका संयोजक धौल सिंह महराले वताए।

    स्थानीय सरकारले जनचाहना अनुसार अगाडि वढोस र  जनताले सहजै सुचनाको हक प्राप्त गर्न सकुन भन्ने चाहना अनुशार सांङ्केतिक विरोध जनाएको महराले वताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend