सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

दार्चुलामा नेकपामा पहिरो, सत्तारुढ पार्टी छाड्दै काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को

दार्चुलामा नेकपामा पहिरो, सत्तारुढ पार्टी छाड्दै काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 7.0K
    SHARES

  • दार्चुलामा नेकपामा पहिरो, सत्तारुढ पार्टी छाड्दै काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को

    दार्चुला - दार्चुलामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो ।

    शनिवार मात्रै जिल्लाको दुहूँ गाउँपालिका वडा नम्बर ५ का आधा दर्जन बढी नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । शनिवार नेपाल तरुण दल गठन कार्यक्रममा उनीहरुले काँग्रेस प्रवेश गरेको दुहूँ तरुण दलका अध्यक्ष पदम कार्कीले जानकारी दिए ।

    प्रवेश गर्नेमा वडा नम्बर ५ का विक्रम कार्की, उमेश कार्की, मान सिंह बडाल, पुलेन्द्र सिंह बडाल, दिपक सिंह बडाल, डम्मर सिंह बडाल र कल्यान सिंह बडाल रहेका छन् ।

    लामो समयसम्म नेकपालाई सहयोग गर्दै आएपनि विकास निर्माण देखी सुशासन कायम गर्ने कार्यमा नेकपा असफल भएकाले जनताको पार्टी काँग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ ।

    नवप्रवेशी उनीहरुलाई दुहु गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य पुलेन्द्र बहादुर कार्कीले टिका लगाएर स्वागत गरेका छन् । यसअघि पनि दुहु गाँउपालिकामा सयौ नेकपाका कार्यकर्ता काँग्रेस प्रवेश गरिसकेका छन् ।

    यसैविच दुहु ५ मा नेपाल तरुण दल गठन गरिएको छ । जमन सिंह कार्कीको अध्यक्षतामा ११ सदस्यीय तरुल दल गठन गरिएको गाउँपालिकाका तरुण दल अध्यक्ष पदम कार्कीले जानकारी दिए ।

    तरुण दलको उपाध्यक्षमा प्रकाश सिंह महरा, सचिवमा बल बहादुर बम, कोषाध्यक्षमा विक्रम सिंह महरा रहेका छन् । यस्तै सदस्यमा जनक सिंह महरा, विक्रम बहादुर कुवर, दिपक बहादुर कुवर, करविर सिंह महरा, आन सिंह बडाल, ध्रुब बहादुर बम र प्रेम सिंह महरा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend