काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा बबण्डर देखिने भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवाले भटाभट पार्टीको केन्द्रीय विभागहरूलाई पूर्णता दिएपछि स्थिति तनावपूर्ण बन्ने संकेत देखिएको छ ।
सभापति देउवाले गरेको निर्णयविरुद्ध इतर पक्षले भेला बोलाएको छ । त्यसअघि पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, गगन थापालगायतका नेताहरूले महाधिवेशनको मुखैमा विभागहरूलाई पूर्णता दिनु उचित नभएको भन्दै निर्णय फिर्ता लिन दबाब दिँदै आएका थिए ।
तर, हरेक दिन बिराएर देउवाले विभागलाई पूर्णता दिएपछि इतर पक्ष आक्रोशित भएको छ । नेता पौडेल समूहले देउवाले निर्णय फिर्ता नलिए पार्टी कार्यालयमै धर्ना दिनेसम्मका कार्यक्रम ल्याउने जनाइसकेको छ ।
त्यति मात्र होइन, परी आए कठोर निर्णय लिने चेतावनी दिएका छन् । जबकि १४औं महाधिवेशन आगामी फागुनमै हुने कि नहुने भन्ने स्पष्ट छैन । कोरोना महामारी लम्बिँदै गएमा कांग्रेसको महाधिवेशन सर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।