आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रसियाले बनाएको खोप सफल, छिट्टै बजारमा ल्याउने घाेषणा

रसियाले बनाएको खोप सफल, छिट्टै बजारमा ल्याउने घाेषणा

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 5.7K
    SHARES

  • रसियाले बनाएको खोप सफल, छिट्टै बजारमा ल्याउने घाेषणा

    काठमाडौँ- कोरोना भाइरसविरुद्ध दाबी गरिएको विश्वकै पहिलो खोपले भाइरसविरुद्ध प्रतिरक्षा प्रणाली बलियो गराएको देखिएको छ । शुक्रबार मेडिकल जर्नल लान्सेटमा प्रकासित एक अध्ययनले खोपको साइड इफेक्टका रूपमा सामान्य ज्वराे रहेको उल्लेख गरेको छ ।

    रसियाले अगस्तमा कोरोनाविरुद्धको खोपको विकास गरेको दाबी गरेसँगै उसले थुप्रै आलोचनाहरु झेलेको थियो । तेस्रो चरणको परीक्षण अघि नै रुसले खोप सफल हुने दाबी गरेको थियो ।

    तेस्रो चरणको परीक्षणको पहिलो र दोस्रो अध्ययनमा ७६ जनामा खोप लगाइएको  र सबैको प्रतिरक्षा प्रणाली बलियो भएको शुक्रबार प्रकासित अध्ययनले जनाएको छ ।

    यति मात्रै हैन्, उनीहरुको शरिरमा उत्पन्न भएको एन्टीबडी प्राकृतिक रुपमै अर्थात आफै निको भइरहेका मानिसहरुको जतिकै मात्राको रहेको छ । अनुसन्धानबाट खोपले टी सेल अर्थात शरिरमा भएको संक्रमणलाई नष्ट गर्ने कोषीकाहरुलाई पनि क्रियाशिल पारेको  देखिएको छ ।

    यद्यपी, खोपको सफलता र सुरक्षाबारे अझैं लामो अध्ययनको आवश्यक्ता रहेको अधिकारीहरुले बताएका छन् । खोप दिइएकामध्ये आधामा ज्वरो,४२ प्रतिशतमा टाउको दुखाइ, २८ प्रतिशतमा कमजोरी महशुस र २४ प्रतिशतमा माशंपेसीको दुखाई जस्ता साइड इफेक्ट देखिएको छ ।

    अगस्त २६ बाट अन्तिम चरणको परीक्षण सुरु गरिएको खोपमा ४० हजारमाथि परीक्षण हुने लान्सेटले जनाएको छ । खोप कति सुरक्षित र सफल हुन्छ भनेर थप परीक्षण जारी छ । 

    आउँदो हप्ताबाट मास परीक्षण अर्थात ५ हजारभन्दा बढीमा खोप लगाइने र अध्ययन अघि सारिने रुसले जनाएको छ । यो खोप रुसको स्वास्थ्यमन्त्रालयले अनुमति दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend