यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा स्पेनी डिफेन्डर जोसे गायाले गोल गरेपछि स्पेन हारबाट जोगिएको हो ।
नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका हुन् । समूह डी दुबै टोलीले एक–एक अंक बाडेका हुन् ।
खेलमा चेल्सीका फरवार्ड टिमो वेर्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो । उनले खेलको ५१ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । जर्मनीको अ्रग्रता अन्तिम मिनेटमा भने टिकेन ।
खेलको इन्ज्युरी समयमा जोसे गायाले गोल गर्दा स्पेन हालबाट जोगिएको थियो । आजको खेलमा स्पेनिस टोलीबाट बार्सिलोनाका युवा स्टार खेलाडी अन्सु फातीले पनि डेब्यू गरेका छन् । उनी दोस्रो हाफमा मैदान उत्रेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।