सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन कांग्रेसको माग 

रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन कांग्रेसको माग 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 4.6K
    SHARES

  • रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन कांग्रेसको माग 

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै उच्च सतर्कता अपनाएर जात्रालाई निरन्तरता दिन कांग्रेस संसदीय दलले आग्रह गरेको हो।

    ‘कोरोना जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायमका साथै उच्च सतर्कता अपनाई मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता र संवादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न कांग्रेस संसदीय दल अपिल गर्दछ,’ प्रमुख सचेतक बालकृष्ण खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ।


    रथ तान्ने क्रममा बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपका घटनाप्रति कांग्रेसले दुस्ख व्यक्त गरेको खाँणले उल्लेख गरेका छन्।

    ‘सदियौंदेखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन्। यसको हामी सबैले सम्मान र जगेर्ना गर्नु हाम्रो दायित्व र कर्तव्य हो,’ विज्ञप्तीमा उल्लेख छ, ‘कोरोनाले काठमाडौंमा पनि निषेधाज्ञा छ। यस्तो अवस्थामा परम्परागत रूपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय तह र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय हुनु जरूरी थियो।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend