आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरियामा पहिलोपटक नेपालीलाई कोरोना, एकै कम्पनीका १८ मा संक्रमण

कोरियामा पहिलोपटक नेपालीलाई कोरोना, एकै कम्पनीका १८ मा संक्रमण

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 5.4K
    SHARES

  • कोरियामा पहिलोपटक नेपालीलाई कोरोना, एकै कम्पनीका १८ मा संक्रमण

    दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना स‌ंक्रमण भएको पुष्टि भएको छ।

    यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ।

    कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन्। परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।


    संक्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend