इन्डियन प्रिमियर लिग (आईपीएल)मा सर्वाधिक विकेट लिने श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिङ्गाले यस पटकको आइपीएल नखेल्ने भएका छन्।
उनले व्यक्तिगत कारण देखाएर आईपीएलबाट पछि हटेको बताइएको छ। उनी मुम्बई इन्डियन्ससँग आवद्ध थिए। मालिङ्गाले नखेल्ने भएपछि उनको स्थानमा अष्ट्रेलियाका तीब्र गतिका बलर जेम्स पेटिन्सनलाई लिइएको मुम्बई इन्डियन्स जनाएको छ।
उनी हालसम्म आइपीएल खेलेका छैनन्। मुम्बई इन्डियन्सका मालिक आकाश अम्वानीले मालिङ्गाको अभाव खड्किने बताएका छन्। मालिङ्गाले आइपीएलमा हालसम्म १२२ खेलमा १७० विकेट लिएका छन्।
उनले सन् २०११ को सिजनमा २८ विकेट लिएका थिए। कोरोना भाइरसको महामारीका कारण रोकिएको आईपीएल आगामी सेप्टेम्बर १९ बाट युएईमा हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।