काठमाडौं- सचिवालय बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।
विहीबार (१८ गते) सचिवालय बैठक डाकिएकाको अवस्थामा बुधबार साँझ दुई अध्यक्षबीच राष्ट्रिय सभाको रिक्त पदमा कसलाई मनोनयन गर्ने भन्नेबारे सहमति हुन नसकेपछी तनाब भएको छ ।
आज सहमति नभएपछि यो विषयमा भोली नै छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी कमिटीले फाल्गुन १४ गते गरेको निर्णय कार्यान्वयन गर्दै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि नेकपाभित्र खटपट भइरहेका बेला ओली र प्रचण्डबीच भेट बार्ता भएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।