जनकपुरधाम- जनकपुरधाममा शल्यक्रिया मार्फत् मंगलबार चार शिशु जन्माएकी आमाको बुधबार मृत्यु भएको छ । चार शिशुमध्ये दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको अवस्था भने अस्थिर रहेको चिकित्सकले बताएका छन् ।
जनकपुरधाम स्थित काव्या हस्पिटलमा भर्ना भएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुन मंगलबार ९ बजे अस्पताल भर्ना भएकी थिइन्।
भर्ना भएको झण्डै पाँच घण्टापश्चात् १ बजे एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। शल्यक्रिया मार्फत बच्चा जन्मिएको दुई घण्टापछि अवस्था बिग्रिदै गएपछि आमाको आइसियुमा राखेर उपचार भइरहेको थियो । यद्यपी बुधबार दिउँसो २ बजे आमाको मृत्यु भएको हो ।
चार बच्चा जन्मनु निकै दुर्लभ मानिन्छ । शिशुहरुमध्ये छोराको तौल १.५ किलो र छोरीहरुको तौल १.२५ किलो रहेको अस्पतालले जनाएको छ।
चारवटा बच्चा गर्भमा रहेको पहिले नै थाहा भएपछि व्यथा लागेका आतुनलाई समयअघि नै अस्पताल ल्याइएको थियो । पाठेघर निकै तन्कने हुँदा चारवटा शिशुलाई शरीरमा पूरा समय राख्न लगभग असम्भव नै हुने चिकित्सकहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।