काठमाडौं - पाकिस्तान र इङ्ग्ल्याण्डबीचको तीन खेलको टि ट्वेन्टी श्रृंखला बराबरी भएको छ। गएराति म्यानचेष्टरमा भएको तेस्रो तथा अन्तिम खेल पाकिस्तानले जितेसँगै श्रृंखला १–१ को बराबरी भएको हो।
पहिलो टि ट्वेन्टी खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेल इङ्ल्याण्डले ५ विकेटले जितेको थियो। गएराति सकिएको अन्तिम खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो।
उसका लागि मोहम्मद हफिजले सर्वाधिक नटआउट ८६ रन बनाए। हैदर अलीले ५४ र कप्तान बाबर अजामले २१ रनको योगदान गरे। १ सय ९१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा आएको इङ्ल्याण्ड ८ विकेट गुमाउँदै १ सय ८५ रनमा समेटिपछि पाकिस्तान विजयी भयो। इङ्ल्याण्डका मोइन अलीले सर्वाधिक ६१, टम बान्टनले ४६ र साम बिलिङ्सले २६ रन जोडेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।