काठमाडौं- नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई बिशालु सर्प पाल्न संघिय र स्थानीय सरकारले ७२ करोडको सम्झौता गरेको छ ।
सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पालेर ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको हो ।
‘एन्टी स्नेक भेनम’ सर्पले टोकेको व्याक्तिको उपचारका लागि प्रयोग हुन्छ । नेपालमा हाल ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकिने अवस्था नहुँदा हाल बिष भारतमा सप्लाई गर्ने र भविष्यमा नेपालमै ल्याब उत्पादन गरेर ‘एन्टी स्नेक भेनम’ नेपालमै बनाउँने उद्देश्य प्रतिष्ठानको रहेको छ ।
परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले एक सञ्चारमाध्यमलाई बताएका छन् ।
सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको पन्तले बताए । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।