बाजुरा- कम्युनिस्ट सरकारको रबैयाबाट आजित भएको भन्दै बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का करिब २०० परिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलको नेतृत्वमा त्रिबेणि नगरपालिका ६ मा नेकपा परित्याग गरि २०० घरपरिवारका सक्रिय नेता,कार्यकर्ता नेपाली काङ्ग्रेस पार्टिमा प्रवेश गरेका हुन् ।
केही दिन अघि मात्र त्रिबेणि नगरपालिका २, ४ मा सयौंको संख्यामा काङ्ग्रेस प्रवेश भएका थिए । काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने भन्दै काँग्रेस प्रवेश गर्ने लहर त्रिबेणीमा चलेको छ।
एक कार्यक्रमका बीच नवआगन्तुकलाई स्वागत गर्दै नेपाली काँग्रेस बाजुराका रावलले भने, जीवन रहुन्जेल रुख रोप्नेछु,रोप्दैछु, बिश्वास गर्नुहोस, काँग्रेस ढल्न दिने छैन । भत्कन दिने छैन, त्रिबेणि जस्तै सिङ्गो बाजुरा काङ्ग्रेसको किल्ला बनाउछु। आफू नेतृत्वमा भए काँग्रेसका कुनै पनि कार्यकर्ताले कहि कतैबाट असुरक्षित महसुस गर्ने दिन नआउने पनि उद्घोष गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।