सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

देउवा र कोइरालाबीच विनोद चौधरीको पाँचतारे होटेलमा गोप्य भेटवार्ता

देउवा र कोइरालाबीच विनोद चौधरीको पाँचतारे होटेलमा गोप्य भेटवार्ता

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 14.0K
    SHARES

  • देउवा र कोइरालाबीच  विनोद चौधरीको पाँचतारे होटेलमा गोप्य भेटवार्ता

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाबीच १४औँ महाधिवेशनलाई लिएर ललितपुरको पाँचतारे होटेलमा गोप्य वार्ता भएको छ ।

    प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद एवम् उद्योगी विनोद चौधरीको झम्सीखेलस्थित होटेलमा देउवा र डा.कोइरालाबीच केही हप्ता अगाडि वार्ता भएको हो ।

    सो वार्तामा महाधिवेशनमा कसरी जाने भन्ने विषयमा परामर्श भएको उच्च स्रोतले जनाएको छ । महामन्त्री डा.कोइरालाको तर्फबाट केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

    सभापति देउवाको तर्फबाट बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता तथा मकवानपुर कांग्रेसका सभापति ईन्द्र बानियाँ, व्यापारी एवम् सांसद उमेश श्रेष्ठलगायतको उपस्थिति रहेको उच्च स्रोतले जनाएको छ।

    १४औँ महाविधेशनलाई लिएर विभिन्न खालका अड्कलबाजी र समीकरणहरूका विषयमा परामर्शहरू भइरहेका बेला सभापति देउवा र महामन्त्री डा.कोइरालाबीच सम्वाद भएको छ ।

    यो गोप्य सम्वादलाई लिएर कांग्रेसभित्र हलचल भएको छ । सोही वार्तापछि महामन्त्री डा.कोइरालाले ‘सभापति देउवालाई रामचन्द्रजीले हराउन सक्नु हुँदैन, मैले मात्रै जित्न सक्छु’ भनेर अन्तर्वार्ता दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend