सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाविरुद्ध पौडेल समूहले गर्यो आन्दोलनको गृहकार्य

देउवाविरुद्ध पौडेल समूहले गर्यो आन्दोलनको गृहकार्य

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 6.8K
    SHARES

  • देउवाविरुद्ध  पौडेल समूहले गर्यो आन्दोलनको गृहकार्य

    काठमाडौँ- कोरोना महामारीका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई दवाव दिने बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यदल बनाएर पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आन्दोलनको गृहकार्य गरेका छन् ।

    बद्री पाण्डे, गुरु घिमिरे र जीवन परियार सदस्य रहेको कार्यदल बनाएर पौडेलले आन्दोलनका गृहकार्य गरेका हुन् । तीन सदस्यीय कार्यदलले छ चरणको आन्दोलनको मस्यौदा तयार पारेको स्रोतले जनाएको छ ।

    आन्दोलनकै क्रममा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनेसम्मका कार्यक्रम राखेको एक नेताले बताए । सभापति देउवाले विधि, विधान र पद्धतिबाहिर गएर आफूअनुकूलका निर्णय गरेको विरोधमा पौडेल समूहले आन्दोलनको तयारी गरेको हो ।

    पौडेल समूहको बिहीबारको जुम बैठकले तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले ६ चरणका आन्दोलनका कार्यक्रम तयार पारेको छ । पौडेल समूहको संघर्षको कार्यक्रमअनुसार आमरण अनशन पनि गरिनेछ ।

    सभापति देउवालाई गलत निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिने, कुनै प्रतिक्रिया नदिए पौडेल समूहका केन्द्रीय पदािधकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ ।

    देउवाविरुद्ध पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने दिने, जिल्ला तथा केन्द्रीय कार्यलयमा रिले अनशनको कार्यक्रम पनि राखिएको छ ।

    अन्तिममा आमरण अनशन बस्नेसम्मको आन्दोनका कार्यक्रम तयार पारिएको सो कार्यदलका एक नेताले बताएका छन् । तीन सदस्यीय कार्यदलले तयार पारेको आन्दोलनको कार्यक्रमको मस्यौदा वरिष्ठ नेता पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई बुझाइनेछ ।

    पौडेल समूहले महाधिवेशन प्रभावित बनाउन सभापति देउवाले केन्द्रीय विभागको गठन गरेको आरोप छ । पार्टीको पुरानो संरचनाको समायोजन र क्रियाशील सदस्यतामा चलखेल गरेको आरोप पौडेल समूहको छ ।

    विधानमा २८ वटा विभाग भएकामा कार्यकर्ता रिझाउनकै लागि बढाएर ४७ वटा पुर्याएको आरोप पौडेल समूहको छ । कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला वरिष्ठ नेता पौडेल, महामन्त्री डा.कोइरालासहितका नेताहरूले कार्यदल बनाएर सभापति देउवाविरुद्ध आन्दोलनको तयारी गरेपछि कम्युनिस्टहरूले आश्चर्य चकित परेर हेरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend