संखुवासभा- जिल्लाको खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसनको सामग्री तोडफोड गर्ने ६० र ६२ वर्षीय दुई पुरुषहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अघिल्लो बिहीबार राति आइसोलेसन तोडफोडका दुई जना आरोपीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्ला प्रहरिी प्रमुख डिएस्पी नवराज पन्तका अनुसार उनीहरु एक समुह ८२ घण्टादेखि र अर्को समुह ४१ घण्टादेखि हिरासतमा रहँदै आएका छन् ।
उनीहरुलाई हिरासतमा रहदा संक्रमण भएको वा बाहिर नै संक्रमण भएको भन्ने यकिन नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोषन श्रेष्ठले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।