आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सीसीएमसीका कर्मचारीमा काेराेना, लसपस भएपछि रक्षामन्त्री र गृहमन्त्रीलाई तनाब

सीसीएमसीका कर्मचारीमा काेराेना, लसपस भएपछि रक्षामन्त्री र गृहमन्त्रीलाई तनाब

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 7.4K
    SHARES

  • सीसीएमसीका कर्मचारीमा काेराेना, लसपस भएपछि रक्षामन्त्री र गृहमन्त्रीलाई तनाब

    काठमाडौं- कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    केन्द्रका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्रि बादल थापा पनि होम आइसोलेसनमा बसेका छन्।

    संक्रमित छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा बैठकमा चिया लैजाने कर्मचारी  हुन् ।

    उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन्। सिसिएमसीको बैठकमा चिया लैजाने कार्यालय सहयोगीलाई कोरोना देखिएपछि दुवै मन्त्री घरमै बसेका हुन्।

    बिहीबार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका दुवै मन्त्रीको श्वाब लिइएको छ भने नतिजा शनिबार साँझ मात्र आउने बताइएको छ ।

    सीसीएमसी सचिवालयका अनुसार कार्यालय सहयोगीको रुपमा रहेका एक सैनिक कर्मचारीमा कोरोना संक्रमण भएको हो । ती सैनिक कपाल काट्न जाँदा संक्रमण भएको पनि बताइएको छ ।

    ती सहयोगीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षण गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र १३ २०७७०८:५३:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend