काठमाडौं – रक्षामन्त्री इश्वर पोखरेलको कोरोना पिसिआर परिक्षण नेगेटिभ आएको छ । सचिवालय सदस्यका अनुसार पोखरेलेको पहिलो पिसिआर परिक्षण नेगेटिभ आएको र शनिवार पुनः दोस्रो स्वाव परिक्षण गरिदैछ ।
यस्तै गृहमन्त्री रामबहादुर थापाको पिसिआर परिक्षण शनिवार गरिदैं छ । गृहमन्त्रालय स्रोतका अनुसार थापा सेल्फ आइसोलेशनमा बसेका छन्।
कोरोना संक्रमितसंग सम्पर्कमा आएका कारण संक्रमणको आशंकामा शुक्रबार रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा सेल्फ आइसोलेसनमा बसेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि स्वास्थ्य मन्त्री ढकाल र प्रधानसेनापति थापा पनि सेल्फ आइसोलेसनमा बसेको स्रोतले जनाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसी मा कार्यरत कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि मन्त्रीत्रय होम आइसोलेसनमा बसेका हुन् ।
नेकपा सचिवालय सदस्य समेत रहेका रक्षा तथा उपप्रधानमन्त्री पोखरेल गृहमन्त्री थापा उपस्थित नभएपछि शनिवारकालागी तय भएको नेकपाको सचिवालय बैठक स्थगित गरिएको थियो ।
गृहमन्त्रालय स्रोतका अनुसार शुक्रबार थापा निजि निवासबाट बाहिर निस्केका छैनन् । घरमा समेत उनि परिवारका अन्य सदस्यसंग पनि टाढै बसेका छन् । थापाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै राजनीतिक भेटघाट यसअघि नै बन्द गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।