काठमाडौं- देशभर उग्ररुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण राजनीतिक उच्चपदस्थहरुसम्म पनि पुग्न थालेको छ।
कोरोना भाइरसको संक्रमणको आशंकामा आजमात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापा आइसोलेसन बसेका छन् ।
संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि स्वास्थ्य मन्त्री ढकाल र प्रधानसेनापति थापा पनि सेल्फ आइसोलेसनमा बसेका हुन् । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा पनि सेल्फ आइसोलेसन बसेका छन् ।
गत आइतबार भएको सीसीएमसीको सचिवालय बैठकमा संक्रमित कर्मचारी सहभागी भएका थिए । उक्त बैठकमा सहभागी भएका सबै मन्त्री तथा नेताहरुको कोरोना रिपोर्ट आउन बाकीँ रहेको छ ।
त्यस्तै सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेकपाको सचिवालय बैठक पनि यही भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।