काठमाडाैं- नेपाली कांग्रेसका युवा नेता एवं पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारले उत्तर कोरियाको जस्तै शासन चलाएको आरोप लगाएका छन् ।
नेता शर्माले विकट गाउँमा पुगेर बिरामीको उपचार गरिरहेका डा. गोबिन्द केसीमाथि सत्तापक्षले गरेको अन्याय र अवराेधविरूद्ध बोल्दै कम्युनिस्ट सरकारले तानाशाहि शासन चलाएको आरोप लगाएका हुन् ।
डा. केसीले स्वोभाविक माग राख्दा पनि अवरोध, विकट गाउँमा गएर उपचार गरिदिँदा पनि अवरोध हुँदा हुँदै जुम्ला पुगेर अनशन बस्न खोज्दा पनि सरकारले अवरोध नै गर्न खाेज्नु हदभन्दा बढी दमन भएकाे नेता शर्माकाे भनाइ छ । उनले डा. केसीसँग सत्ताको के दुश्मनी छ भनेर प्रश्न समेत गरेका छन् ।
'डा केसि संग के दुश्मनी छ सत्ताको ? बिरामी जांच्न कर्णालीको गाउँ जांदा अवरोध,लौ उहाँकै गल्ती भनौंला l अनशन बस्दा माग पूरा गरिएन,अब्यवहारिक माग मानौंला l तर जुम्ला पुगेर अनशन बस्न चाहंदा अनशन गर्न पनि ब्यवधान ? यो नेपालको लोकतन्त्र कि उत्तर कोरियाको कम्युनिस्ट सत्ता ??' उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।