काठमाडौं- गायक खुमन अधिकारी र गायिका मेलिना राईको स्वरमा रहेको 'कोइला खानाले' लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
रोसन क्षेत्रिको शब्द रहेको गीतमा नायिका शिल्पा पोख्रेल, रिजन तिमिल्सिना र रोसन क्षेत्रिको नृत्य देखा सकिन्छ।
पछिल्लो समय निकै नै चर्चित म्युजिक भिडियो सार्वजनिक गर्दै आएको 'हिम सम्झौता डिजिटल'ले बजारमा ल्याएको म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका हुन् भने उनलाई राजाराम सिमखडाले सहयोग गरेका छन् ।
लोकदोहोरि गीतको स्रोतका रुपमा मानिने हिम सम्झौता डिजिटलले बजारमा ल्याएको भिडियोको सम्पादन बिकास ज्ञवालीले गरेका छन् भने मनोज जिसीले उत्पादन गरेका हुन् ।
मेलिना र खुमनले निकै रोमाञ्चक्ताका साथ स्वोर भरेको गीतमा शिल्पा, रिजन र रोसनको अभिनय पनि उत्तिकै दमदार रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।