काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एकाएक अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिन पुगेपछि वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम आगो बनेका छन् ।
तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेका गौतम खनालसँग निकट बनेर गुटलाई बलियो बनाउन खोजिरहेका छन् ।
गौतम र खनालाई नेता माधवकुमार नेपालसँग विश्वास छैन । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको बिषयमा प्रष्ट नहुनुले पनि उनीहरु एकै कित्तामा पुगेको टिप्पणी हुन थालेको छ ।
ओली हटेमा माधव नेपाल बलियो हुनसक्ने डर पनि गौतम र खनाललाई छ । स्थायी कमिटीमा नेपाल पक्ष बलियो अवस्थामै छ ।
तर, बैठक जहिले बस्ने भनेपनि स्थगित हुँदै आएको छ । प्रचण्डका विश्वासपात्र भनिएकाहरु ओली समूहमा गइसकेका छन् ।
ओली हटेमा पूर्व एमाले भएकाले माधव नेपालकै पल्लाभारी हुनसक्ने बुझाई प्रचण्ड पक्षको छ । त्यसैले उनी अहिलेलाई ओलीसँग लेनदेन गरेर अगाडि बढ्ने मनशायमा देखिएका छन् ।
नेकपाभित्र चार गुट स्पष्ट देखिइसकेको छ । तीन गुटमा नेताहरु एक्लाएक्लै छन् भने अर्को गुटमा खनाल र गौतम एकसाथ देखिएका छन् ।
अब खनाल र गौतमको संयुक्त गुटमा पूर्व एमालेका दोस्रो पुस्ताका उदीयमान नेताहरु आउन सक्ने देखिएको छ ।
यही गुटले विगतमा माधव नेपाललाई हराएर ओलीलाई अध्यक्ष बनाएजस्तै यसपटक पनि सत्ता संकट टार्न भूमिका खेल्ने सम्भावना देखिन्छ ।
मन्त्री योगेश भट्टराई र घनश्याम भुषाल भने भित्रभित्रै ओलीसँग साँठगाँठ गरी बाहिर विरोधको नाटक गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।