काठमाडौं- झापामा स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेको छ ।
जिल्लाको कत्लामारीमा गोरु काट्नेलाई नियन्त्रणमा लिएर बिर्तामोड ल्याउँदै गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको हो ।
झापा गाउँपालिका–३ कामाटोलीमा सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको हो ।
झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।
सशस्त्रको गोली लागेर एकजना घाइते भएका छन् । गोरु काट्ने दुई जनालाई प्रहरीले पक्रेर ईलाका प्रहरी कार्यालय बिर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमकारीले सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।