काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएओ)ले नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुने अवस्था आउन सक्ने कुराको संकेत गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष नलगाउन आग्रह गरेका छन् ।
आफू जोखिममा रहेर पनि नियमित अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी लाई सम्मान गर्नुपर्ने उनले बताएका छन् ।
त्यस्तै भ्यानडिलिएरले कोरोनाविरुद्धको खोप आगामी वर्ष (सन् २०२१) को सुरुसम्ममा बनिसक्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमसँग कोभिड(१९ को अवस्था र बच्ने उपायबारे बुधबार कुरा गर्दै उनले रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको बताएका हुन् ।
उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ।’ खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनले जानकारी दिए।
पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ। खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।