जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् ।
प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् ।
जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन् ।
यस तातो हावाबाट यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ ।
यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ ।
उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका बताइएको ।
प्राप्त समाचारमा जनाइएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै बढी हो ।
गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्यान गएको थियो । त्यस तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।