काठमाडौं- सिन्धुपाल्चोकको जुगल–५ लिदीका पहिरो पीडित आठ जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका छन् ।
अभिभावक नै गुमाउन पुगेका र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढाउने जिम्मा नेता बस्नेतले लिएका हुन् । यसअघि पहिरो पीडितलाई आर्थिक सहयोग गरेका नेता बस्नेतले अब निःशुल्क पढाइदिन लागेका हुन् ।
उनकाअनुसार लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङ वहादुर दोङकी छोरीसहित ७ बालिकाहरू र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले १ गरी आठ जनालाई कक्षा १२ सम्मको शिक्षा यसै शैक्षिक सत्रबाट काठमाडौँ उपत्यकाको होस्टेलमा राखेर पढाउने भएका हुन् ।
गत साउन ३० गते लिदीमा गएको पहिरोमा बेपत्ता भएका ३९ मध्ये अहिलेसम्म ३२ जनाको मात्रै शव फेला परेको छ । सो पहिरोमा परेर मानबहादुर दोङसहित उनको ६ जनाको पुरै परिवार सदस्यको मृत्यु भएको थियो भने अन्यका परिवारका कसैका ६ र कसैका दुई जना सदस्य गुमेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।