सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सम्धी काण्डमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोले मुख, के हाे यथार्थ ?

सम्धी काण्डमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोले मुख, के हाे यथार्थ ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 7.2K
    SHARES

  • सम्धी काण्डमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोले मुख, के हाे यथार्थ ?

    काठमाडौं- अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी नियुक्त गरेको छ ।

    पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेकोको विषयमा मानिसहरुले विभिन्न किसिमका टिका टिप्पणीहरु गरिरहेका छन् ।

    यसबीच ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन् । 

    उनले बुधबार फेसबुकमा एक सूचना राख्दै भनेकाछन्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्’

    कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने समेत पोखरेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७०६:२७:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend