सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भदौमै कक्षा ११ को भर्ना, यस्तो छ शिक्षा मन्त्रालयको तयारी

भदौमै कक्षा ११ को भर्ना, यस्तो छ शिक्षा मन्त्रालयको तयारी

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 4.4K
    SHARES

  • भदौमै कक्षा ११ को भर्ना, यस्तो छ शिक्षा मन्त्रालयको तयारी

    काठमाडौं- कोरोना भाइरसले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु कहिले खुल्ने भनेर टुंगो लागेको छैन् । 

    यसबीच शिक्षा मन्त्रालयले अवस्था सामान्य बन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको जनाएको छ ।

    एसइई परीक्षाको नतिजा प्रकाशित भएपछि विद्यार्थी कहिलेबाट भर्ना खुल्छ भन्दै अन्योलताका बीच बसेको विषयमा मन्त्रालय गम्भीर भएको र स्थिती सहज हुँदै गएमा भर्ना सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

    नयाँ पाठ्यक्रमसँगै कक्षा ११ को भर्ना नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ को भर्नामा नयाँ व्यवस्था लागु भएको छ। विगतको झैँ भर्ना प्रकृया यस पटक हुने छैन।

    नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक(एक विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ।

    अब, विद्यालयले कक्षा ११ मा विद्यार्थीलाई भर्ना गराउँदा मानविकी, शिक्षा शास्त्र लगायत संकायका आधारमा भर्ना लिन पाइने छैन । विद्यार्थीले ऐच्छिक विषय छनोट गर्नुपर्नेछ।  

     विद्यार्थीले सातौँ विषयको रुपमा पनि अध्ययन गर्न पाउँछन तर, उनीहरुले चाहेको खण्डमा मात्रै लागु हुने छ। अब कक्षा ११ पनि विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया पनि कक्षा ९ र १० को जस्तै गरी हुने मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७०४:१८:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend