काठमाडौँ- आज काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।
यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।