काठमाडौं- मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृहमन्त्रालयमा बसेको बैठकले उपत्यकामा निषेधाज्ञा थपबारे भोलि निर्णय गर्ने भएको छ ।
उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा बुधबार मात्रै निर्णय हुने भएकोहो ।
तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले एक साता लामो निषेधाज्ञा प्रभावकारी भएको र अझै थप्नुपर्ने सुझाव दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गृहमन्त्रालयमा छलफल गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।