सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शेखर कोइरालाले सिकाए कम्युनिस्ट सरकारलाई पाठ, श्रमिकको समस्या बुझ्न आग्रह

शेखर कोइरालाले सिकाए कम्युनिस्ट सरकारलाई पाठ, श्रमिकको समस्या बुझ्न आग्रह

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 4.9K
    SHARES

  • शेखर कोइरालाले सिकाए कम्युनिस्ट सरकारलाई पाठ, श्रमिकको समस्या बुझ्न  आग्रह

    काठमाडौं- नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।

    नेपाल यातायात मजदूर सङ्घले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पुरा गर्नुपर्ने बताए ।

    नेता डा कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताए । 

    नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोनाको सबैभन्दा ठूलो असर दैनिक श्रम गरेर खाने मजदूर वर्गमा परेको भन्दै श्रमिकको समस्याका लागि नेपाल ट्रेड युनियन काँग्रेस निरन्तर लाग्ने बताए । 

    अल इण्डिया रेल्वेमेन फेडेरेशनका महासचिव शिवगोपाल मिश्रले नेपालका यातायात श्रमिकको समस्या समाधानका लागि भारतीय श्रमिक क्षेत्रको साथ र सहयोग रहने बताए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले कोभिड–१९ का कारण ११ लाख यातायात मजदूरले रोजगारी गुमाउनुपरेको बताए । 

    सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ७ का अध्यक्ष केशवराज पन्त सरकारले मजदूलाई वेवास्था गरेको बताएका थिए । 

    भारतीय ट्रेड युनियनका नेता सङ्गम त्रिपाठी र भारतीय ट्रेड युनियन काँग्रेसका राष्ट्रिय सचिव महेन्द्र गारतले कोभिड–१९ ले विश्वको यातायात क्षेत्र नै ध्वस्त भएको भन्दै यसको पुर्नजीवनका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले यातायात श्रमिकलाई निःशुल्क बीमा, उपचार र स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend