सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डब्ल्युएचओले नेपाललाई दियो यस्ताे चेतावनी, सचेत रहन आग्रह

डब्ल्युएचओले नेपाललाई दियो यस्ताे चेतावनी, सचेत रहन आग्रह

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 7.6K
    SHARES

  • डब्ल्युएचओले नेपाललाई दियो यस्ताे  चेतावनी,  सचेत रहन आग्रह

    काठमाडौं- पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । 

    यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले नेपालको अवस्था अझैं खराब हुँदै जाने चेतावनी दिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले नेपालमा आगामी दिनमा संक्रमित संख्या बढ्दै परिस्थिति अझै नराम्रो हुने बताएका हुन।

    ‘अहिले नेपालमा संक्रमितको संख्या बढ्दैछ। केही महिनाअघि आप्रवासीहरुमा बढी देखिएको थियो,’ उनले भने, ‘यो सुरुवातमात्रै हो। आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।’

    उनले सामाजमा पाका उमेरका मानिसहरुमा पनि संक्रमण बढ्दै जाने भएकाले मृत्युको संख्या पनि बढ्दै जाने बताए। तर, ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएकाले सबै जनसंख्यालाई संक्रमण नहुने भन्दै नआत्तिन पनि आग्रह गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०६:२३:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend