काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा मात्र थप २ सय ३२ जनामा संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा बताएअनुसार आज काठमाडौंमा १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा संक्रमित थपिएका छन्।
मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। त्यस्तै मंगलबारसम्म १४ हजार २ सय ५० जना आइसोलेसनमा छन् आज देशभरबाट ३ सय १३ डिस्चार्ज भएका छन्।
त्यस्तै ११ हजार ३ सय २७ जनाको मंगलबार पिसिआर गरिएको छ। हाल देशभर १० हजार ४ सय ५३ क्वारेन्टाइनमा रहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।