सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्‍जितको मृत्यु 

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्‍जितको मृत्यु 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 4.1K
    SHARES

  • कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्‍जितको मृत्यु 

    काठमाडौं-  नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका २१ नम्बर वडा सभापति तथा स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारसमेत रहेका ६६ वर्षीय गोविन्द रञ्जितको मृत्यु भएको छ ।

    नेता रञ्जितको आज बिहान उपचारका क्रममा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको हो। 

    कोरोना भाइरसबाट संक्रमितत रञ्जितको अवस्था जटिल बन्दै गएपछि भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो। 

    उनमा मुटु रोग, मधुमेहलगायतका समस्या रहेको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता डा प्रवीण नेपालले जानकारी दिए। 

    साउन २७ गते स्टार अस्पतालमा स्वाब दिएका रञ्जितको २९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि बलम्बु अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०५:२८:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend