चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोना भाइरसको माहामारीका कारण अहिले विश्व आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन् ।
उनले माहामारीका कारण भएको लकडाउनले विश्लाई सबै किसिमले ठूलो संकटमा धकेलेको बताउँदै अब आर्थिक संकटविरुद्ध लड्नु पर्ने बताएका हुन् ।
सोमबार एक सेमिनारमा अध्यक्षताको भुमिका निभाउने क्रममा उनले अझैं मुश्किल र खतराको समय आउँने बताएका हुन् ।
सेमिनारमा नीति सल्लाहकार र सरकारका अर्थशास्त्रीहरुको पनि सहभागिता थियो । यसमा दीर्घकालीन आर्थिक प्रवृत्तिमा १४ औं पञ्च वर्षीय योजनाको चर्चा भयो ।
अर्को वर्ष वार्षिक संसदीय बैठकमा पञ्च वर्षीय आर्थिक योजनाको यो ब्लूप्रिन्ट पेश गर्ने अनुमान गरिएको छ ।
जिनपिङले समस्याले भरिएको यो परिवर्तनका लागि तयार रहनका लागि सल्लाह दिँदै कोरोनाभाइरसका कारण संसारमा संरक्षणवादले प्रोत्साहन पाइरहेको र यसले अर्थ व्यवस्थालाई नराम्रोसँग प्रभावित पारेर आपूर्ति चेन टुटाएको बताएका छन् ।
चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले जिनपिङलाई उद्धृत गर्दै लेखेको छ, ‘अबको समयमा हामीले धेरैभन्दा धेरै विपरित परिस्थितीको सामना गर्नुपर्ने हुन्छ र हामीले नयाँ जोखिम र चुनौतीको सामना गर्नका लागि तयार रहनुपर्छ ।’
एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।