सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्वास्थ्यकर्मीमाथि भइरहेको  दूर्व्यवहारविरूद्ध  तरुणदलको गम्भिर ध्यानाकर्षण

स्वास्थ्यकर्मीमाथि भइरहेको  दूर्व्यवहारविरूद्ध  तरुणदलको गम्भिर ध्यानाकर्षण

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 6.2K
    SHARES

  • स्वास्थ्यकर्मीमाथि भइरहेको  दूर्व्यवहारविरूद्ध  तरुणदलको गम्भिर ध्यानाकर्षण

    काठमाडौं- नेपाल तरुण दल केन्द्रीय समितिले कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाइनमा खटिइरहेका स्वास्थ्यकर्मीहरुमाथि दूर्व्यवहार र अपहेलना भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    सोमबार नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ती जारी गर्दै फ्रन्टलाइनमा खटिइरहेका स्वास्थ्यकर्मीहरुमाथि दूर्व्यवहार र अपहेलना गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

    जारी विज्ञप्तीमा विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति नेपाल तरुण दल केन्द्रीय समितिले उच्च सम्मान प्रकट गरेको उल्लेख गरिएको छ ।

    त्यस्तै, कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाइनमा दिनरात खटिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई सरकार र नेपाली जनता सबै मिलेर उच्च मनोबल र हौसला प्रदान गर्नका लागि आग्रहसमेत गरेको छ ।

    यसैबीच तरुण दल केन्द्रीय समितिले देशको विभिन्न ठाउँमा जारी भएको निषेधाज्ञाको पालना गर्न र  सबैजना आ आफ्नै घरमा बसेर आफूले आफैलाई सुरक्षित राख्नको लागि समेत आग्रह गरेको छ ।

    हेर्नुहाेस् विज्ञप्ती:

    press.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०४:०७:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend