सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उपचार गर्न गएका श्रीमान्–श्रीमति अस्पतलमै बन्दक बनेपछि...

उपचार गर्न गएका श्रीमान्–श्रीमति अस्पतलमै बन्दक बनेपछि...

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 7.1K
    SHARES

  • उपचार गर्न गएका श्रीमान्–श्रीमति अस्पतलमै बन्दक बनेपछि...

    सप्तरी- उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमति बन्धक भएका छन् ।

    अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमति मलिया सदाले उपचार खर्च तिर्न नसक्दा बन्धक बनेका हु्न् । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहिन दलित मुसहर समुदायका दम्पतिसँग उपचार खर्च छैन् । 
     
    कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिइ घर फर्किन नदिँदा सदा दम्पति अस्पतालमा रोकिएका हुन् ।

    शिवचन्द्रका भाइ पवन सदाले आज प्रदेश नं २ का  मुख्यमन्त्री, मानव अधिकार आयोग, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई न्याय तथा उपचार खर्चका लागि गुहारेका छन् । दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताए । 
     
    वर्षाको समयमा दिना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि सदा दम्पतिले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले बताए। कुटपिटबाट घाइते सदा दम्पती उपचारका लागि शुरुमा स्थानीय क्लिनिक पुगे ।

    स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उनीहरु थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना भए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित दीना साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि गत साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्राअनुसार साह रिहा भए । 
     
    उपचार खर्च आरोपितले व्योहोर्ने आशामा बसेका भूमिहीन र गरिब सदा दम्पतिले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उनीहरुलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताए । प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।
     
    दलित अगुवा बलराम सदाले धेरै आग्रह गरेपछि अस्पताल प्रशासनबाट लेटरप्याडमा साउन ३२ गतेसम्ममा औषधीबाहेक रु एक लाख २५ हजार ८०० खर्च भएको लेखेर दिएको जानकारी दिनुभयो । अस्पतालमा बसेको दिन थपिँदै जाँदा खर्च पनि थपिँदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताए । हकले भने, “उपचार गर्दासम्म हामीले पैसा मागेनौँ, अब उपचारपछि भएको खर्च त दिनु प¥यो ।”
     
     आरोपितले खर्च नतिरेपछि अस्पतालबाट बाहिर निक्लिन नपाएर चिन्तित बनेकी मलियादेवीले रुदै भन्नुभयो, “यता हामि बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ, उनीहरु खान नपाएर भोकै हामिलाई पर्खेर बसेका होलान् ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०९:५४:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend