सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डकाे पार्टीमा ओली प्रधानमन्त्री : नेकपा कार्यदलको प्रदिवेदन (पूर्ण पाठ)

प्रचण्डकाे पार्टीमा ओली प्रधानमन्त्री : नेकपा कार्यदलको प्रदिवेदन (पूर्ण पाठ)

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 4.2K
    SHARES

  • प्रचण्डकाे पार्टीमा ओली प्रधानमन्त्री : नेकपा कार्यदलको प्रदिवेदन (पूर्ण पाठ)

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलले प्रतिवेन सार्वजनिक गरेको छ ।

    एक साता लामो छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई १७ पेज लामो प्रतिवेदन बुझाएको हो।

    जसमा प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री रहने उल्लेख छ। उता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म पार्टीको सबै अधिकार दिन कार्यदलले सुझाएको छ। 

    ओलीले अब यो कार्यकाल सरकारको नेतृत्व गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने प्रतिवेदनमा उल्लेख छ। त्यसमा पार्टीले सरकार सञ्चालनमा सहयोग गर्नेछ।  तर, पार्टीभित्रको गतिविधि सहमतिमा हुने भए पनि ओलीले हस्तक्षेप गर्न नपाउने जनाइएको छ। 

    पार्टी एकता भएको दुई बर्ष बितिसक्दा पनि एकता सकिएको छैन। यस्तोमा एक महिनाभित्र एकता सकेर असोजमा केन्द्रीय कमिटी बैठक डाक्न भनिएको छ। कार्यदलले पार्टीभित्रको विवाद केन्द्रीय कमिटीबाट समाधान गरेर चैत अन्तिम साता महाधिवेशन गर्नुपर्ने सुझाएको छ। 

    प्रतिवेदनमा पार्टी एकताको बाँकी काम सकेर केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको सफल आयोजनाको तयारी गर्न समेत सुझाव दिइएको छ। एकताको बाँकी कामहरू एक महिनाभित्र सम्पन्‍न गरेर केन्द्रीय तहका कमिटीहरू, जनवर्गीय सङ्गठनहरू र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति अभिलेखको समेत एकीकरण सम्पन्‍न गर्नुपर्ने सुझाव दिइएको छ।

    हेर्नुहोस् पूर्णपाठ:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०९:३८:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend