काठमाडौं- नेकपाको कार्यदलले बनाएको प्रतिवेदनलाई अध्ययन गरेर सचिवालय बैठकमा पेश गर्नको लागि हुने भनिएको दुई अध्यक्षबीचको सोमबारको भेट हुन सकेको छैन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट हुन नसकेको हो । उनीहरुबीच भोलि (मंगलबार) भेट हुने भएको छ ।
यद्यपी नेकपाले सचिवालय बैठक डाँकि सकेको स्रोतले जनाएको छ । वैशाखदेखि पार्टीभित्र जारी विवाद समाधानउन्मुख भएपछि रोकिएको स्थायी कमिटीको बैठक पुनः डाकिन नेकपा स्रोतले जनाएको छ ।
भोलि दुबै अध्यक्षबीचको भेटमा सचिवालय र स्थायी समितिको बैठक बोलाउने विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।
विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएसँगै ५ महिनादेखि जारी नेकपाभित्रको अन्तसंघर्ष पनि अन्त्य भएको र रोकिएका बैठकहरु बस्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।