काठमाडौं- चिनियाँ कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप १ हजार नेपालीमा परीक्षण गर्नका लागि होङ्सी सिमेन्ट कम्पनीले अनुमति मागेको छ।
कम्पनीले परराष्टमार्फत स्वास्थ्यमन्त्रालय हुँदै अनुमति मागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले बताएका छन् ।
‘होङ्सी कम्पनीले चीनमा बनेको कोरोनाविरुद्धको खोप एक हजार नेपालीमा ट्रयाल गर्ने अनुमति मागेको छ। यसबारे हामीले अध्ययन अघि बढाएका छौं, छलफल हुँदै छ छलफलपछि टुंगो लाग्छ ।' ज्ञवालीले मिडिया डबलीसँग भने ।
हालविश्वभर नै कोरोनाविरुद्धको खोपको प्रभावकारिता जाच्न बिरामीहरुमा त्यसको प्रयोग गरि ट्रयाल गर्ने क्रम जारी छ। सोही चरणमा होङ्सीले चीनमा बनेको खोपको प्रभावकारिता नेपाली बिरामीहरुमाथि कतिको हुन्छ भनेर जाच्न ट्रयालका लागि अनुरोध गरेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।