काठमाडौं- अब पिसिआर परीक्षणको अनुमति पाएका प्रयोगशालाहरूले घरमा गएर स्वाब संकलन गर्न नपाउने भएका छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाले सूचना जारी गर्दै कोरोना छ छैन भन्ने पत्ता लगाउन चाहने सबै जनाले अनिवार्य तोकिएको स्वास्थ्य संस्थामै स्वाब दिनुपर्ने जनाएको हो।
सूचनामा घरमा गएर स्वाब संकलन नगर्न र नगराउन निजी प्रयोगशालाहरूलाई भनिएको छ।
यसैगरी केही दिनयता केही स्वास्थ्य संस्थामा पिसिआर परीक्षणका लागि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ भन्दा बढी रकम लिएको सूचना आएको भन्दै प्रयोगशालाले बढी रकम नदिन सर्वसाधारणलाई अपिल गरेको छ।
तर स्वाब संकलन गर्ने मात्र अनुमति पाएका स्वास्थ्य संस्थाको हकमा भने सेवा शुल्क बापत लाग्ने खर्चको १० प्रतिशत थप रकम लिन पाइने पनि सूचनामा जनाइएको छ।
हेर्नुहाेस् सुचना:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।