सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा ह्वात्तै बढे कोरोना संक्रमित, देशभर ७ सय ४३ थपिए

काठमाडौंमा ह्वात्तै बढे कोरोना संक्रमित, देशभर ७ सय ४३ थपिए

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 3.4K
    SHARES

  • काठमाडौंमा ह्वात्तै बढे कोरोना संक्रमित, देशभर ७ सय ४३ थपिए

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

    आज १० हजार २३४ गरी ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।  

    हाल १३ हजार ७१५ जना संक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १८ हजार ८०६ पुगेको छ।

    त्यस्तै काठमाडौं उपत्यकामा मात्र थप दुई सय २४ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं जिल्लाका एक सय ७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०५:२८:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend