ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले एक पत्रकारको अनुहारमा मुक्का हान्ने चेतावनी दिएका छन्।
राष्ट्रपतिकी पत्नी प्रथम महिला मिसेल बोल्सोनारोको खातामा अवैध रकम जम्मा गरिएको विषयमा प्रश्न सोध्ने पत्रकारको मुखमा मुक्का हान्ने चेतावनी उनले दिएका हुन् ।
‘म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु, हुन्छ ? ’ बोल्सोरोले ओ ग्लोबो नामक पत्रिकाका संवाददातालाई भनेका थिए। सो पत्रिकाले बोल्सोनारोको सो भनाइको अडियो सार्वजनिक गरेको छ।
बोल्सोनारोका जेठा छोरा फ्लावियो बोल्सोनारो सिनेटर छन्। उनका पूर्व सहयोगी फाब्रिसियो केरोस सन् २०११ देखि २०१८ को बीचमा बोल्सोनारोकी पत्नीको खातामा करिब १३ हजार डलर जम्मा गरेका थिए।
केरोस हाल भ्रष्टाचारको आरोपमा छानबिनका लागि पक्राउ परेका छन्। त्यसैकारण भ्रष्टाचार गरेको फिटिक्कै नसहने बताएका राष्ट्रपति बोल्सोनारोको परिवार समेत यसमा मुछिएको छ। युएसन्युज
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।