काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न आफुबाहेक सैले नसक्ने बताएका छन् ।
उनले पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्न आफु बाहेक कसैले नसक्ने बताएका हुन् ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने अन्यथा रामचन्द्र पौडेलले समेत देउवालाई पराजित गर्न नसक्ने उनले डा कोइरालाले बताएका छन् ।
‘मैले धेरैसँग परामर्श गर्दै छु। उनीहरु तपाई नै उठ्नुपर्यो भन्नुहुन्छ। तर मैले धेरै साथीहरुका दावी छ भन्छु। रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ। प्रकाशमान छन् धेरे छन् सबै उठेर त भएन नी। हाम्रो लक्ष्य के हुुनुपर्यो। हामी सबै मिलेर एक जना उठ्नुपर्यो। त्यसका लागि आपसमा वार्ता हुनुपर्यो। वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ।
व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाईले पनि सक्नुहुन्न। अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन।’ कोइरालाले भने ।
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए। सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाई छ। पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उनले बताए।
उनले भने, ‘उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप¥यो। किन की अरु विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो।
अहिले विभाग गठन भइरहेको छ। यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छरु उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि। भोलि महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो।
विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ। मनपरी गर्दै हुनुहुन्छ। भेटेरपनि भनेका छौँ। अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ। ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन। आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन। भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ।
सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइनरु समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुपर्यो। जिल्लाका सबै एकाइको हुनुपर्यो। क्रियाशित वितरण सहि किसिमले गर्नुपर्यो। धेरै जिल्लामा समस्या छ।
समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडी बढ्नुपर्यो क्रियाशलि दिने त वार्डले हो। १०र१० लाख क्रियाशिल बनाउदा गाइजात्रा हुने डर छ। नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ। क्रियाशिल दिनुभएको छ। आउनेहरु क्रियाशिल हुन की होइनन भनेर पनि पुष्टि गर्नुपर्यो।’
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाई छ। आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दाबी कोइरालाले गरे।
उनले भने, ‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो। तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्यो। जुन शेरबहादुर जीले सक्नु भएन। आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ।’
तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानामा ल्याउन सकिने उनले बताए। कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।